काठमाडौं । रुस–युक्रेन युद्धमा मृत्यु भएका नेपालीका शव र घाइतेलाई स्वदेश फिर्ता गर्न सरकारले पहल गर्नुपर्नेमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले जोड दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् ।
उनले भने 'रुस र युक्रेनमा अहिले नेपाली युवकहरू घाइते छन्, मृत्यु भएका छन् त्यस सम्बन्धमा सरकारले पहल गरेर उनीहरूलाई फिर्ता गर्नुपर्छ'।
.jpg)


