सोमबार, कार्तिक १७ गते २०८३
images
images

काठमाडौंमा प्रि-मनसुनझैँ छिनमै पानी छिनमै घाम किन ?

एक्सप्रेस पाना
आश्विन १२, २०७८ मंगलबार
  • 407
    SHARES
  • काठमाडौंमा प्रि-मनसुनझैँ छिनमै पानी छिनमै घाम किन ?

    असोज १२ काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा छिनमै घाम लाग्ने अनि छिनमै पानी पर्ने गरेको छ । विशेषगरी अपराह्न र साँझपख मेघगर्जन, चट्याङसहित वर्षा हुने गरेको छ । यो प्रिमनसुनको चरित्र हो ।

    images

    किन यस्तो भइरहेको छ ? न्युज कारखानाले यो प्रश्न मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगलाई सोधेको छ ।  जवाफमा उनले भने, ‘यो मनसुनको उत्तरार्धको समय हो, मनसुन पनि बाहिरिनसकेको तर मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेकाले काठमाडौं उपत्यकासहित देशका कयौँ ठाउँमा प्रि-मनसुन चरित्रको पानी परिरहेको हो ।’

    यस्तो बेला मनसुनको प्रभाव खासै नहुने, न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको पनि प्रभाव रहने भएकाले केही छिन पानी पर्ने र फेरि घाम लाग्ने गरेको उनले बताए । 

    images

    सोमबार साँझ र राति काठमाडौंमा पानी परेको थियो । मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको छ।

    ८ असोजमा बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्रमा बनेको ‘गुलाब’ नामक चक्रवात‍ (सामुन्द्रिक आँधी) को अप्रत्यक्ष असर नेपालमा परेको थियो । अहिले यो आँधीको प्रभाव हटिसकेको छ ।

    महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।