आइतबार, भाद्र २८ गते २०८३
images

चलचित्र ‘पुजार शार्की’को छायांकन प्याकअप

एक्सप्रेस पाना
चैत्र ७, २०८० बुधबार
  • 308
    SHARES
  • चलचित्र ‘पुजार शार्की’को छायांकन प्याकअप

    काठमाडौं । दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘पुजार शार्की’ को छायांकन सकिएको छ। 

    images

    सुटिङ थालएको ४८ औं दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्माणपक्षले जनाएको छ।

    निर्देशक राउतले मंगलबार दुई तस्बिर सेयर गर्दै ‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको अन्तिम छायांकनसँगै अब यो चलचित्रको सम्पूर्ण छायांकन सकिएको बताएका हुन्। 

    images

    उनले लेखेका छन्,-छायांकनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण कास्कीकोटबासी लगायत ‘पुजार शार्की’ को पूरै टिमप्रति आभार व्यक्त गर्न चाहान्छु।’

    यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् भने चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्।

    चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ।