सोमबार, कार्तिक १७ गते २०८३
images
images

बस कुरेर बसेका आमाछोरालाई ट्रकले ठक्कर दिँदा मृत्यु

एक्सप्रेस पाना
आश्विन १२, २०७८ मंगलबार
  • 607
    SHARES
  • बस कुरेर बसेका आमाछोरालाई ट्रकले ठक्कर दिँदा मृत्यु

    असोज १२ बुटवल । रुपन्देहीको सैनामैनामा प्रतिक्षालयमा गाडी कुरेर बसेका आमाछोरालाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत बुद्धनगरमा ना८ख ४४११ नम्बरको ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । 

    images

    मृत्यु हुनेमा सैनामैना–५ की ४२ वर्षीया राधा भट्टराई र उनका २२ वर्षीय छोरा महेश भट्टराई छन् । उपचारको क्रममा उनीहरूको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    बुद्धनगरको प्रतिक्षालयमा गाडी कुरेर बसेका उनीहरुलाई पश्चिमबाट आएको ट्रकले ठक्कर दिएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । ट्रक चालक फरार रहेको प्रहरीले जनाएको छ ।

    images