शनिबार, भाद्र २७ गते २०८३
images

‘राधा’मा यस्ती देखिइन् सृष्टि श्रेष्ठ

एक्सप्रेस पाना
आश्विन १२, २०७८ मंगलबार
  • 311
    SHARES
  • ‘राधा’मा यस्ती देखिइन् सृष्टि श्रेष्ठ

    असोज १२ काठमडौं । सुवर्ण थापा निर्देशित नयाँ चलचित्र ‘राधा–द सेक्रेट्स अफ राधा’ को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठलाई मात्र प्रस्तुत गरिएको छ ।  चलचित्रमा सृष्टि शीर्ष भूमिकामा छिन् । 

    images

    निर्देशक सुवर्ण र अभिनेता सौगात मल्ल निर्माता रहेको फिल्ममा सृष्टिसँगै सौगात मल्ल, खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, पुष्कर गुरुङलगायतका कलाकारको अभिनय छ । 

    चलचित्रमा दयाहाङ राई र निश्चल बस्नेत विशेष भूमिकामा रहेको जानकारी निर्माण संस्थाले दिएको छ । नरेन्द्र मैनालीले खिचेको चलचित्रमा कालीप्रसाद बास्कोटाको संगीत छ । सिनेमा कहिले दर्शकमाझ आउँछ, त्यो भने खुलाइएको छैन । 

    images