काठमाडौं । ताइवानमा शक्तिशाली भूकम्प गएको छ।
बुधबार बिहान ताइवानको पूर्वी तटिय क्षेत्रमा ७.४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको हो।
भूकम्पपछि ताइबानसँगै दक्षिणी जापानसहितका छिमेकी देशमा सुनामीको चेतावनी दिइएको छ।
भूकम्पले पुर्याएको क्षतिको विवरण भने सार्वजनिक भएको छैन।
.jpg)


