सोमबार, कार्तिक १७ गते २०८३
images
images

बैंकिङ कसुरका फरार अभियुक्त खत्री पक्राउ 

एक्सप्रेस पाना
आश्विन १२, २०७८ मंगलबार
  • 421
    SHARES
  • बैंकिङ कसुरका फरार अभियुक्त खत्री पक्राउ 

    असोज १२ खोटाङ । बैंकिङ कसुर मुद्दामा फरार खोटाङको जन्तेढुंगा गाउँपालिका- ३ काहुलेका २६ वर्षीय खगेन्द्र खत्री पक्राउ परेका छन् ।

    images

    उच्च अदालत पाटनले २८ पुस २०७७ मा बैंकिङ कसुर मुद्दामा चार दिन कैद र १० लाख ६५ हजार रुपैयाँ जरिमाना सुनाएका खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । काठमाडौंको कपन बालुवाखानी बस्दै आएका खत्रीलाई मंगलबार सोही स्थानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    अभियुक्तमाथि २०७७ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभए पनि झुक्याएर नेपाल ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई १० लाख ६५ हजार रुपैयाँ बराबरको चेक काटेर दिएको अभियोग छ । पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ ।

    images

    बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा ठहर गरी उच्च अदालत पाटनले खत्रीलाई चार दिन कैद र १० लाख ६५ हजार रुपैयाँ जरिमाना सुनाएको थियो ।