शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘बलिदान’मा अभिनेत्री ऋचा शर्मा मुख्य भूमिकामा

एक्सप्रेस पाना
चैत्र २२, २०८० बिहीबार
  • 275
    SHARES
  • चलचित्र ‘बलिदान’मा अभिनेत्री ऋचा शर्मा मुख्य भूमिकामा

    काठमाडौं । नेपाली चलचित्र ‘बलिदान’मा अभिनेत्री ऋचा शर्माले अभिनय गर्ने भएकी छन् ।

    images

    चलचित्रमा काम गर्नको लागि शर्मासँग कागजी सम्झौता भएको  निर्माता तथा निर्देशक सन्तोष सेनले बताएका हुन्।

    शर्मा चलचित्रको प्रमुख भुमिका रहेको बताइएको छ । आगामी वर्ष २०८१ मा रिलिज हुने ‘बलिदान’बाट प्रमुख अभिनेताको रूपमा समीर भट्टले डेब्यु गर्दैछन् । समीर नेपाली फिल्ममा एक्सन हिरोको रूपमा प्रख्यात बिराज भट्टका छोरा हुन्। उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए ।

    images

    सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको ‘बलिदान’को टिजर छायाङ्कन अगावै रिलिज भई व्यापक चर्चामा रहेको छ। सम्भवतः नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक प्री प्रडक्शनमा रहँदा नै टिजर रिलिज भएको हो ।

    देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताएका छन् । यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।

    आसुसेन फिल्मस् प्रा.ली.तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी रहेका छन्।