सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 204
    SHARES
  • आज मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना

    असोज १३ काठमाडौं । आज बुधबार मुलुकका धेरै स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना छ । मनसुनको उत्तरार्धमा ठूलो वर्षाको सम्भावना नरहे पनि फाटफुट पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् । 

    images

    बंगालको खाडीको उत्तर पश्चिम भूभाग, पश्चिम बंगाल र आसपास बनेको न्यून चापिय क्षेत्रको नेपालमा सामान्य प्रभाव छ । हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर छ। 

    बुधबार बिहान काठमाडौं उपत्यकामा पारिलो घाम लाग्न सकेको छैन । बिहान मुलुकका केही स्थानमा वर्षा भएको छ । आज दिउँसो धेरै स्थान र राति थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

    images