आइतबार, भाद्र २८ गते २०८३
images

'लन्डन टु पेरिसु' को नयाँ गित 'खुला आकाश' सार्वजनिक

एक्सप्रेस पाना
चैत्र २७, २०८० मंगलबार
  • 256
    SHARES
  • 'लन्डन टु पेरिसु' को नयाँ गित 'खुला आकाश' सार्वजनिक

    काठमाडौं । घनश्याम लामिछाने निर्देशित चलचित्र 'लन्डन टु पेरिस' को गीत सार्वजनिक गरिएको छ।

    images

    मंगलबार चलचित्र मा समावेश 'खुला आकाश' बोलको गीत सार्वजनिक गरिएको हो। हर्कुलेस बस्नेतको स्वर, शब्द तथा संगीत रहेको गीतमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता निश्चल खड्कालाई रोमान्टिक रूपमा प्रस्तुत गरिएको छ। 

    चलचित्रमा साम्राज्ञी र निश्चलसँगै कविर खड्का, गरिमा शर्मा, रूष्मा थापा, मनिष श्रेष्ठ, मनिष गान्धीलगायत कलाकारको अभिनय छ। निश्चलले यही चलचित्रबाट अभिनयमा डेब्यू गर्न लागेका हुन्।

    images

    एबी इन्टरनेशनलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्म्स लिमिटेडको निर्माण सहकार्य रहेको छ। चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माताका रूपमा रहेका छन्।

    अभेद परव र कुनाल कदमले छायांकन गरेको चलचित्रलाई शजु चन्दनले सम्पादन गरेका छन्।


    चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्नेछ । सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह(निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर, विजय भन्डारी यसका कार्यकारी निर्माता हुन्। 

    यो चलचित्र  जेठ २५ गतेदेखि प्रदर्शन हुनेछ।