सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रहरी निरिक्षक खड्काकाे सकारात्मक पहल,बौद्ध क्षेत्रकाे ट्राफिक व्यवस्थापनमा सुधार

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 318
    SHARES
  • प्रहरी निरिक्षक खड्काकाे सकारात्मक पहल,बौद्ध क्षेत्रकाे ट्राफिक व्यवस्थापनमा सुधार

    असोज १३ काठमाडौं । पर्यटकीय क्षेत्र बाैद्द काठमाडौंकाे धेरै भिडभाड हुने एरिया हाे । साे क्षेत्रमा पाेष्टिङ हुने ट्राफिक प्रहरीका लागि त्यही अस्तव्यस्तता र भिडभाड चुनाैती बन्ने गर्छ ।

    images

    अहले बाैद्द क्षेत्रकाे ट्राफिककाे नेतृत्व गरिरहेका छन्, प्रहरी निरिक्षक सुरज बहादुर खड्का । महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धकाे प्रहरी निरिक्षक खड्काकाे पहलपछि अहिले बौद्ध क्षेत्र ट्राफिक जामकाे हैरानीबाट मुक्त भएकाे छ । पार्किङका लागि ठाउँ अभाव रहेकाे बौद्ध क्षेत्रमा सडककाे दुइतर्फ पार्किङ गरिँदै आएकाेमा खड्का आएलगत्तै फराकिलाे ठाउँमा एकतर्फि मात्र पार्किङ गर्ने व्यवस्था मिलाइएकाे छ ।

    त्यस्तै खड्काले फुटपाथ व्यापारका कारण पैदल यात्रुलाई परेकाे असहजता हटाउन अभियाननै चलाएकाे बताए । `ट्राफिक व्यवस्थापनलाई सहज बनाउने मात्र हाेइन पैदल यात्रुलाई समेत सडक पेटीमा सहजताका साथ हिँड्ने अवसथा बनाउने गरि काम गरिरहेकाे छु,´ निरिक्षक खड्काले भने,`धेरै सुधार भइसकेकाे छ । बौद्ध क्षेत्रकाे ट्राफिक व्यवस्थापन चुस्त बनाउन अहाेरात्र हाम्राे प्रयास जारी छ । त्यसकाे केही सकारात्मक परिणाम याे क्षेत्रमा सवारी चलाउने र हिँड्ने पैदलयात्रुहरूले गर्न थालिसक्नु भएकाे छ ।´

    images