शनिबार, भाद्र २७ गते २०८३
images

विराज भट्टको '१२ गाउँ' मा मोडल सनिशा भट्टराई प्रमुख भूमिकामा

एक्सप्रेस पाना
बैशाख १८, २०८१ मंगलबार
  • 341
    SHARES
  • विराज भट्टको '१२ गाउँ' मा मोडल सनिशा भट्टराई प्रमुख भूमिकामा

    काठमाडौं । अभिनेता विराज भट्टको चलचित्र '१२ गाउँ' मा मोडल सनिशा भट्टराई प्रमुख भूमिकामा देखीने भएकी छन् । 

    images

    सनिशासँगका दुई तस्बिर सार्वजानिक गर्दै  १२ गाउँ बाट डेब्यु गर्न लागेको अभिनेता भट्ट जानकारी दिएका हुन् । 

    सनिशा म्युजिक भिडिओमा छोटो समयमै रोजाइमा परेकी मोडल हुन्। 

    images


    '१२ गाउँ' लाई विराजले निर्माण एवं निर्देशन गर्न लागेका छन्। चलचित्रको शीर्ष भूमिकामा उनी स्वयंम देखिँदैछन्। उनका छोरा समीर भट्टले पनि यो चलचित्रमा अभिनय गर्दैछन्।

    त्यस्तै मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्काले ु१२ गाउँु बाट फिल्ममा डेब्यु गर्दैछिन्। साउथका सुपरिचित द्वन्द् निर्देशक शिल्भा मास्टरले चलचित्रको द्वन्द्ध निर्देशन गर्नुका साथै खलपात्रको भूमिकामा अभिनय समेत गर्दैछन्। 

    गायक एवं अभिनेता मुरलीधर, साउथ अभिनेता कनिज कोइराला पनि चलचित्रमा अनुबन्धित भइसकेका छन्।

    नरेन खड्का, कालु राना, सन्तोष सरकारलगायतको समेत चलचित्रमा अभिनय रहनेछ।

    सन्तोष सरकारले चलचित्रको कथा एवं पटकथा लेखेका हुन्। विराज भट्ट फिल्म प्रोडक्सन कम्पनीको ब्यानरमा '१२ गाउँ' निर्माण हुन लागेको हो।