शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक

एक्सप्रेस पाना
बैशाख २५, २०८१ मंगलबार
  • 311
    SHARES
  • चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक भएको छ। 

    images

    मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो।

    चलचित्र पुजार सार्कीमा जातीय विभेदको मुद्दालाई उठाइएको छ। कथा अन्तरजातीय सम्बन्धको जटिलता वरपर घुमेको ट्रेलरबाट स्पष्ट हुन्छ।

    images

    कास्कीकोट गाउँमा खिचिएको यो चलचित्र विकास सुवेदीले लेखेका हुन्।

    दिनेश राउतको निर्देशनमा तयार पुजार सार्कीमा आर्यन, प्रदीप र पल शाहसहित अञ्जना बराइली, परीक्षा लिम्बु, प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल, तारा शर्मा, विद्या कार्की, शंकर आचार्य लगायत कलाकारको अभिनय छ। चलचित्र जेठ १० गतेबाट प्रदर्शन हुँदैछ।