सोमबार, कार्तिक १७ गते २०८३
images
images

मृत भेटिएका व्यक्तिकाे हत्या आशंका

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 301
    SHARES
  • मृत भेटिएका व्यक्तिकाे हत्या आशंका

    असोज १४ सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा गत शनिबार मृत अवस्थामा फेला परेका व्यक्तिको हत्या भएको आशंका गरिएको छ ।

    images

    सप्तरीको बिष्णुपुर गाउँपालिका-५ का ५० वर्षीय रामसुन्दर महतोको शव हत्या गरेर पोखरीमा फालिएको हुनसक्ने आशंका गरिएको छ ।

    मृतक महतोको शव शम्भुनाथ नगरपालिका-१ स्थित पोखरीमा डुबेको अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए। पहिले बेवारिसे अवस्थामा फेला परेको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको शव गृहमा ल्याएर राखिएको छ।

    images

    डिएसपी काफ्लेले शव फेला परेपछि आफन्तको खोजी गर्दै जाँदा विष्णुपुर गाउँपालिका-५ रहेका उनका आफन्त सम्पर्कमा आएको बताए। उनले भने,´शंकाको घेरामा रहेको व्यक्तिमाथि अनुसन्धान थालेका छौँ ।`

    मृतकका आफन्तले महतोको हत्या  भएकाे दाबी गर्दै आएका छन् । चार दिन अगाडि बेपत्ता भएको महतोको अपहरणपछि हत्या गरी पोखरीमा फालेको हुन सक्ने परिवारको आशंका छ ।

    भोजभतेरमा खाना पकाउने काम गर्दै आएका मृतक महतो शुक्रबार रुपनीका एक व्यक्तिले भोजमा खाना पकाउन बोलाएपछि घरबाट निस्केको महतोको शव भेटिएको प्रहरीबाट आफूहरूलाई जानकारी हुन आएको बताए।न्युज कारखाना