असोज १४ सर्लाही । विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले सर्लाही जिल्लाको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट असोज १२ गते एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले सर्लाही जिल्लाको कौडेना गाउँपालिका १ बस्ने २४ वर्षिय जितेन्द्र साहलाई शंका लागि जाँच गर्दा उनको साथमा नाइट्राजेपाम ७ सय ८० वटा, डाईजाल्याप २० वटा र नोफिन ९ वटा फेला पारेपछी उनलाई पक्राउ गरेको हो । पक्राउ परेका साहलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्धारा बरामद
सर्लाही जिल्लाको हरिवन नगरपालिका ११ स्थित बासाटोलबाट असोज १२ गते सशस्त्र प्रहरीले करीव १ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा चुरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबाट खटिएको सशस्त्र प्रहरीले एक यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको सशस्त्र प्रहरीले असोज १२ गते करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ६ वटा साइकलमा राखेर ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले पर्सा जिल्लाको विरगंज महानगरपालिका १७ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।
त्यसबेला उक्त सामान ल्याउदै गरेका ब्यक्तिहरु गस्तिमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देखि भागी फरार भएका थिए । उक्त ६ वटै साइकल समेत बरामद गरिएकोे छ । बरामद लत्ताकपडा तथा साइकल विरगंज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको सशस्त्र प्रहरीले असोज १३ गते करीव १ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारीकोछालाको जुत्ता तथा स्याण्डल बरामद गरेको छ ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले रौतहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टी स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
.jpg)


