काठमाडौं । इरानमा नयाँ राष्ट्रपति चयनका लागि आउँदो जुन २८ तारिखमा चुनाव हुने भएको छ ।
देशको १४ औँ राष्ट्रपति चयन गर्न जुन २८ तारिखमा चुनाव हुने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
राष्ट्रपति इब्राहिम रायसीको आइतबार हेलिकोप्टर दुर्घटनामा निधन भएपछि त्यहाँ चुनाव हुन दागेको हो । रायसीको निधन पछि उपराष्ट्रपति मोहम्मद मोख्बेरले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका छन् । इरानको संविधानअनुसार राष्ट्रपति पद रिक्त भएको अवस्थामा ५० दिनभित्र नयाँ राष्ट्रपति चयनका लागि चुनाव गर्नुपर्ने व्यवस्था छ ।
रायसी सन् २०२१ मा इरानको राष्ट्रपति भएकी थिइन् । इरानले राष्ट्रपति रायसी, विदेशमन्त्रीलगायत नौ जनाको दुर्घटनामा ज्यान गएपछि पाँच दिनको राष्ट्रिय शोक घोषणा गरेको छ ।
.jpg)


