बुधबार, भाद्र २४ गते २०८३
images

चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक

एक्सप्रेस पाना
जेठ १७, २०८१ बिहीबार
  • 341
    SHARES
  • चलचित्र ‘दान्भी’को ट्रेलर सार्वजनिक

    काठमाडौं । असार ७ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘दान्भी’को एक्सनयुक्त ट्रेलर सार्वजनिक गरिएको छ । 

    images

    बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट ४० सेकेण्ड लम्बाईको ट्रेलरले बदलाको कथामा चलचित्र केन्द्रित रहेको प्रष्ट पार्छ । ट्रेलरमा अभिनेत्री पूजा शर्माको  ‘हिरोइज्म’ लाई देखाइएको छ । 

    ट्रेलरमा पूजा रोमान्टिक र एक्सन दुईवटा अवतारमा प्रस्तुत छिन् । डेब्यु अभिनेता कुन्साङ बम्जनसँग उनको प्रेम बसेको छ । ट्रेलरमा पूजाको एक्सन छरितो देखिन्छ भने श्री श्रेष्ठको द्वन्द्व निर्देशन प्रशंसनीय छ । विशेषगरी ट्रेलरको अन्तिममा समावेश पूजाको एक्सन दृश्य उत्कृष्ट छन् । 

    images

    पूजाले एक्सनमा आफूले जोखिम लिएको बताएकी छन् । ।

    रुपेश तामाङको निर्देशनमा बनेको ‘दान्भी’को निर्मातामा देव मगर र अनुप गडाल छन् भने कार्यकारी निर्माता पवन राना मगर हुन् । कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह(निर्मातामा छन् । यसमा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा र संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ ।

  • सम्बन्धित विषय:

  • # ‘दान्भी
  • # पूजा शर्मा