मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा गाडी कुद्न कसरी साँघुरो हुन्छ? :मेयर बालेन्द्र शाह

एक्सप्रेस पाना
जेठ १८, २०८१ शुक्रबार
  • 295
    SHARES
  • पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा गाडी कुद्न कसरी साँघुरो हुन्छ? :मेयर बालेन्द्र शाह

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले विकास गर्ने हो भने न्युरोडलाई अझै व्यवसायीक र सुन्दर बनाउने काममा एकजुट हुनुपर्ने बताएका छन्। 

    images

    शुक्रबार सामाजिक सञ्जालमार्फत उनले यसअघि सडकको पार्किङ हटाउँदा विरोध गर्नेहरूले नै अहिले त्यही ठाउँ खाली गराएर फुटपाथ बनाउँदा विरोध गरेको बताएका छन्। 

    उनले पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छर?’ भन्दै प्रश्नसमेत गरेका छन्। 

    images

    उनले लेखेका छन् , "न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ? 

    त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।  

    प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।
    विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ ।"

  • सम्बन्धित विषय:

  • # मेयर बालेन्द्र शाह