आइतबार, कार्तिक १६ गते २०८३
images
images

बिहे गर्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा

एक्सप्रेस पाना
जेठ २८, २०८१ सोमबार
  • 276
    SHARES
  • बिहे गर्दै बलिउड अभिनेत्री सोनाक्षी सिन्हा

    काठमाडौं । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले बिहे गर्दै छिन् ।

    images

    सिन्हाले आफ्ना प्रेमी तथा बलिउड अभिनेता जहीर इकबालसँग आगामी जुन २३ (असार ९) मा मुम्बइमा विवाह गर्न लागेकी हुन्।

    भारतीय समाचार माध्यमका अनुसार यो विवाहमा परिवारका सदस्य र नजिकका साथीहरू मात्र सहभागी हुनेछन्। 

    images

    विवाह बेस्टियन मुम्बईमा हुने बताइएको छ ।  

    सोनाक्षी र जहीर लामो समयदेखि प्रेम सम्बन्धमा छन्। तर, अहिलेसम्म दुवैले यसबारे खुलेर बोलेका छैनन्। 

    दुबैको सामाजिक सञ्जाल पोष्टले उनीहरुको सम्बन्धको खुलासा गरेको छ। हालै सोनाक्षीको जन्मदिनमा पनि जहीरले अभिनेत्रीसँग धेरै तस्बिर सेयर गरेका थिए।