सोमबार, कार्तिक १७ गते २०८३
images
images

मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने बजेट आवश्यक छ :डा.प्रकाशशरण महत

एक्सप्रेस पाना
जेठ २८, २०८१ सोमबार
  • 272
    SHARES
  • मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने  बजेट आवश्यक छ :डा.प्रकाशशरण महत

    काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका छन् ।

    images

    सोमबार साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आज आयोजित ‘आर्थिक वर्ष २०८१-०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तर्क्रिरयामा बोल्दै उनले मुलुकको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि अनुशासनको खाँचो रहेको बताए । 

    महतले कुन क्षेत्रमा कति बजेट विनियोजन गर्दा मुलुकको आर्थिक विकासमा सहयोग पुग्छ त्यसको बारेमा सरकारले पहिल्यै यकिन गर्न आवश्यक रहेको बताए । 

    images

    उनले भने, ‘तीन करोडभन्दा साना आयोजना केन्द्र सरकारले नराख्ने भनी आर्थिक कार्यविधि अनुमोदन गरे पनि वर्तमान सरकारले उक्त कार्यविधिलाई कार्यान्वयनमा लैजान सकेको छैन । ’

    उनले आन्तरिक स्रोतबाट ९० अर्ब ऋण लिने बजेट वक्तव्यमा उल्लेख भएको जनाउँदै उक्त पैसा निजी क्षेत्रमा प्रवाह हुँदा बैंक तथा वित्तीय संस्थाको ब्याजसमेत बढ्ने उल्लेख गरे ।

    उनले भने , ‘बैंक तथा वित्तीय संस्थाबाट सरकारले ऋण लिँदा निजी क्षेत्रमा उपलब्ध ऋणसमेत कम हुने भएकाले यसले अर्थतन्त्रलाई समेत प्रभाव पर्ने मैले देखेको छु’।  

     

     

  • सम्बन्धित विषय:

  • # डा. प्रकाशशरण महत