बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र दयाहाङ राई सहभागी हुदैँ

एक्सप्रेस पाना
आषाढ ४, २०८१ मंगलबार
  • 327
    SHARES
  • नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र दयाहाङ राई सहभागी  हुदैँ

    काठमाडौं । नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई सहभागी हुने भएका छन् । 

    images

    फेस्टिभलमा नवीनको निर्देशन र दयाहाङको अभिनय रहेको चलचित्र ‘गाउँ आएको बाटो’को ओपनिङ स्क्रिनिङ हुँदैछ ।
     
    रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन् ।
     
    आमोद राईले निर्माण गरेको चलचित्रमा दयाहाङसँगै पशुपति राई र बाल कलाकार प्रसन राईको अभिनय छ । गाउँमा सडक पुगेपछि त्यसले बाबुछोराको सम्बन्धमा ल्याउने उतारचढाव सिनेमाको कथा हो । 
     
    मेरिल्यान्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङ हुनेछन् ।

    फेस्टिभल समापन चलचित्रको रुपमा ‘द रेड सुटकेस’ स्क्रिनिङ हुनेछ । 

    images

  • सम्बन्धित विषय:

  • # दयाहाङ राई
  • # नवीन सुब्बा