शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउनेछु :भुवन केसी

एक्सप्रेस पाना
आषाढ १७, २०८१ सोमबार
  • 276
    SHARES
  • चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउनेछु :भुवन केसी

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका छन् । 

    images

    नेपाल चलचित्र बोर्डको २४ औं वाषिकोत्सव समारोहमा आइबतर उनले सबैले स्वीकार्ने बजेट ल्याउने बताएका हुन् । आफू बोर्डको नेतृत्वमा अन्तिम चरणमा रहे पनि नेपाली चलचित्र क्षेत्रको हकहितका लागि सधैँ समर्पित रहने बताए । 

    अध्यक्ष केसीले चलचित्र ऐनको मस्यौदा मन्त्रालय पठाइसकेको जानकारी दिँदै उक्त ऐन छिटोभन्दा छिटो पारित गर्न आग्रह समेत गरे । 

    images

    केसीले आफ्नो कार्यकालमा बोर्डले प्रविधिलाई सँगै लिएर गएको बताए । उनले चलचित्रकर्मीहरूको क्यूआरकोर्ड निर्माण, चलचित्र छायांकन स्टुडियो निर्माण प्रक्रिया अघि बढाएको बताए । 

    आफ्नो कार्यकालमा चलचित्रकर्मीहरूको अभिलेख राख्ने कार्य सुरु गरेको र बक्स अफिस प्रणालीको स्तरोन्नति गरिएको उनको भनाइ छ ।