शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र मोदीबेनीको पहिलो गीत 'मन्जुरी' सार्वजनिक

एक्सप्रेस पाना
आषाढ २४, २०८१ सोमबार
  • 367
    SHARES
  • चलचित्र मोदीबेनीको पहिलो गीत 'मन्जुरी' सार्वजनिक

    काठमाडौं । साउन १८ गते रिलिज हुने नेपाली चलचित्र 'मोदीबेनी' को पहिलो गीत 'मन्जुरी' सार्वजनिक गरिएको छ।

    images

    सोमबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच गीत सार्वजनिक गरिएको हो। 

    गीतमा अभिनेत्री वर्षा शिवाकोटी र नव-अभिनेता अमर प्रताप श्रेष्ठलाई प्रस्तुत गरिएको छ भने एसडी योगी र विज्ञानी पराजुलीको स्वर छ।

    images

    शंकर कोइरालाको निर्देशनमा बनेको ‘मोदीबेनी’ मा वर्षा, अमर र सरोजका साथमा प्रविण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, स्नेहा भट्टराई, जीवन भट्टराई, हिउँवाला गौतम, कमलमणि नेपाल, सुब्रतराज आचार्य लगायत कलाकारको अभिनय रहेको छ।

    डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका हुन्। दिलीप केसी निर्माता रहेको चलचित्रमा उत्सव दाहालको छायांकन, भरत रेग्मीको सम्पादन छ। चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।

  • सम्बन्धित विषय:

  • # 'मोदीबेनी'
  • # मन्जुरी'