बुधबार, भाद्र २४ गते २०८३
images

मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगमा दिए निवेदन

एक्सप्रेस पाना
श्रावण १३, २०८१ आइतबार
  • 336
    SHARES
  • मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगमा दिए निवेदन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको निलम्बित महामन्त्री पदबाट मुक्त भएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

    images

    ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा पदबाट हटाएको थियो । उक्त निर्णय वैधानिक नभएको दाबी गर्दै ढकालले आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

    पदीय भूमिकाबाट मुक्त गरेको पार्टीले आफूलाई औपचारिक पत्र हालसम्म नदिएको निवदेनमा लेखेका छन् ।

    images

    राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ ९२०, रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ ९४०, राजनीतिक दलसम्बन्धी ऐन अनुसार आफूमाथिको कारबाही अवैधानिक भएको ढकालले दाबी गरेका छन् ।

    1-5.jpg

     

  • सम्बन्धित विषय:

  • # मुकुल ढकाल