काठमाडौं । आगामी भदौ २१ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली चलचित्र ‘रावायण’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ ।
सार्वजनिक पोस्टरमा अभिनेता पल शाह तथा अभिनेत्री पूजा शर्मा फिचर्ड छन् ।
यसअघि चलचित्रको सार्वजनिक पलको सोलो फस्टलूकले बजारमा राम्रै चर्चा पाएको थियो । चलचित्रका निर्देशक सुदर्शन थापा हुन् । सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको चलचित्रकी निर्माता पुजा शर्मा हुन् ।
चलचित्रमा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चाण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायतको अभिनय छ । चलचित्रको एक्सनपूर्ण टीजरसमेत सार्वजनिक भइसकेको छ । टीजर सार्वजनिक भएसँगै अभिनेता शाहको एक्सनको सबैले तारिफ गरेका छन् ।
चलचित्रको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।


