आइतबार, भाद्र २८ गते २०८३
images

चलचित्र 'घर नम्बर २’ को प्रदर्शन मिति घोषण

एक्सप्रेस पाना
श्रावण ३०, २०८१ बुधबार
  • 248
    SHARES
  • चलचित्र 'घर नम्बर २’ को प्रदर्शन मिति घोषण

    काठमाडौं । चलचित्र ‘के घर के डेराः घर नम्बर २’ को प्रदर्शन मिति तय भएको छ।

    images

    यो चलचित्र आगामी माघ ११ गतेबाट रिलिज हुने निर्देशक दीपेन्द्र के खनालले जानकारी दिएका हुन्। 

    छायाङ्कन सुरू भएको एक हप्ता नपुग्दै चलचित्रको रिलिज मिति तोकिएको हो। 

    images

    चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरको मुख्य भूमिका छ। 

    सामाजिक कथावस्तुलाई रोचक तरिकाले चलचित्रमा प्रस्तुत गरिने बताइएको छ । ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको कथा बुद्धि सागरले लेखेका हुन्।

    चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठको लगानी छ। चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन्। 
     चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ। 

  • सम्बन्धित विषय:

  • # 'घर नम्बर २