शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत सार्वजनिक

एक्सप्रेस पाना
श्रावण ३२, २०८१ शुक्रबार
  • 337
    SHARES
  • चलचित्र ‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’ को नयाँ गीत सार्वजनिक भएको छ । 

    images

    गीतमा कालीप्रसाद बास्कोटा, बबिना किराँती र निश्चल बस्नेतको स्वर छ भने गीतको भिडिओमा निश्चल र स्वस्तिमा खड्का, विजय बराल लगायतका कलाकारलाई देख्न सकिन्छ। 

    चलचित्रमा बसुन्धरा भुषाल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय रहेको छ।

    images

    ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको छ। अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको चलचित्रमा नरेन्द्र मैनालीले छायांकन गरेका हुन्। यो चलचित्र आगामी असोज १७ गते घटस्थापनामा रिलिज हुनेछ।

     

  • सम्बन्धित विषय:

  • # चलचित्र ‘बेहुली फ्रम मेघौली’