मंगलबार, भाद्र २३ गते २०८३
images

मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

एक्सप्रेस पाना
भाद्र ५, २०८१ बुधबार
  • 283
    SHARES
  • मुकुल ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोध्ने रास्वपाको निर्णय

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    images

    बुधबार बसेको केन्द्रीय समिति बैठकले डा. ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यता कायम राख्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो ।

    images

    डा. ढकालले भने कानुन अनुसार आफु अहिले पनि पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गर्दै आएका छन् भने निर्वाचन आयोगमा समेत रास्वपाको निर्णय कानुन विपरित भएको भन्दै निवेदन दिएका छन् ।

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # मुकुल ढकाल