बुधबार, भाद्र २४ गते २०८३
images

चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक

एक्सप्रेस पाना
भाद्र ६, २०८१ बिहीबार
  • 415
    SHARES
  • चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘रावायण’को ट्रेलर सार्वजनिक भएको छ ।

    images

    बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरमा पल शाहलाई दोहोरो भूमिकामा देखाइएको छ ।

    निर्देशक सुदर्शन थापाले पललाई सकारात्मक र नकारात्मक दुई चरित्रमा पेश गरेका छन् ।

    images

    चलचित्रमा पूजा शर्मा, प्रियका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुनजंग शाही लगायतको अभिनय रहेको छ । पल र पूजालाई जोडीको रुपमा देखाइएको छ भने प्रियंकालाई इस्लाम महिलाको रुपमा चित्रण गरिएको छ । 

    चलचित्र ‘रावायण’को निर्माण पूजा शर्माले गरेकी हुन् । सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा चलचित्र निर्माण भएको हो । चलचित्रको रिलिज भदौ २१ गते हुने जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # पूजा शर्मा
  • # ‘रावायण
  • # अभिनेता पल शाह