काठमाडौं । चलचित्र ‘रावायण’को दोस्रो गीत ‘तिम्रै लागि’ सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा प्रस्तुत छन् । भारतीय गायक कुणाल गाञ्जावाला र गायिका सोनु कक्कडको गायन रहेको गीतमा कृष्णहरी बरालको शब्द तथा नीरज सिंहको संगीत छ ।
एक्सन दृश्यले चलचित्रप्रति दर्शकको हुटहुटी बढाएको देखिन्छ ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको ‘रावायण’मा पल र पूजासँगै प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, प्रदीप ढकाल, अर्जुनजंग शाही, कैलाश रावल, शर्मिला मल्ल लगायतको अभिनय छ ।
चलचित्रमा सौरभ लामाको छायांकन, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । ‘रावायण’ तीजको दिन पारेर यही भदौ २१ गतेबाट प्रदर्शन हुँदैछ ।


