बुधबार, भाद्र २४ गते २०८३
images

चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक

एक्सप्रेस पाना
भाद्र १३, २०८१ बिहीबार
  • 289
    SHARES
  • चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को टिजर सार्वजनिक गरिएको छ । 

    images

    बुधबार सार्वजनिक टिजरमा मुख्य कलाकार जितु नेपाललाई प्राथमिकता दिइएको छ । नायिका नीति शाहलाई पनि टिजरमा देख्न सकिन्छ । 

    चलचित्रमा जितु र नीतिसँगै वुद्धि तामाङ, रमेश वुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्तलगायत कलाकारको अभिनय छ । 

    images

    मिनादेवी खड्क, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रका निर्देशक वसन्त निरौला हुन् । विजय बस्याल कार्यकारी निर्माता रहेको चलचित्रमा शंकर धितालको लेखन छ । सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

    चलचित्र दसैँको फूलपातीको अवसर पारेर असोज २४ गतेबाट रिलिजमा हुनेछ । 

     

     

     

  • सम्बन्धित विषय:

  • # ‘ज्वाइँ साब’
  • # जितु नेपाल
  • # नीति शाह