मंगलबार, भाद्र २३ गते २०८३
images

सहकारी ठगी प्रकरणमा प्रमाण भएरनै रबि लामिछानेले नौं घण्टा बयान दिनुपर्यो :गगन थापा

एक्सप्रेस पाना
भाद्र १३, २०८१ बिहीबार
  • 247
    SHARES
  • सहकारी ठगी प्रकरणमा प्रमाण भएरनै रबि लामिछानेले नौं घण्टा बयान दिनुपर्यो :गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा रवि लामिछानेको संलग्न भएको कारण नौं घण्टासम्म बयान दिनुपरेको बताएका छन् ।

    images

    बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले प्रमाण भएर नै संसदमा संघर्ष गरेर समिति बनाईयो र समितिमा लामिछानेले ९ घण्टासम्म बयान दिएको बताएका हुन् ।

    आफूलाई सहकारी ठगीबारे गठित संसदीय समितिमाथि आफूलाई पूरा विश्वास भएको बताउदै थापाले समितिले प्रमाणका आधारमा निर्णय गर्नेमा आफु विश्वस्त रहेको बताए । 

    images

    उनले भने,"केही दिनदेखि संसद्मा केही साथीहरुले प्रमाण खोई ? प्रमाण खोई ? भनेर खोजिराखेको पाएँ । त्यत्रो तथ्य र प्रमाणहरु भएर त होला सम्माननीय सभामुख महोदय, यत्रो संसदमा संघर्ष गरेर समिति बनाईयो ।’ ’हामीसँग भएका तथ्य र प्रमाणहरु समितिमा पुगेनन होला ? हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला ? अनि यसमा ख्याल गर्नुभएन ? ९ मिनेटमा चट् भनेको ठाउँमा ९ घण्टासम्म अस्ति बयान दिनुपर्ने अवस्था त्यही तथ्य र प्रमाण भएको कारणले आएको होईन होला ?’‘बरु, साथीहरु झुक्किनुभयो कि जस्तै लागेको छ मलाई, बयान हो बयान, फैसला त आउनै बाँकी छ । त्यसैले म त फैसला कुरेर बसिरहेको छु । तथ्य र प्रमाणको आधारमा फैसला आउँछ भनेर कुरेर बसिरहेको छु ।"

  • सम्बन्धित विषय:

  • # सभपति रवि लामिछाने
  • # गगन थापा
  • # सहकारी ठगी प्रकरण