बुधबार, भाद्र २४ गते २०८३
images

आजबाट चलचित्र ‘वर एन्ड वधु’ प्रदर्शनमा

एक्सप्रेस पाना
भाद्र १४, २०८१ शुक्रबार
  • 304
    SHARES
  • आजबाट चलचित्र ‘वर एन्ड वधु’ प्रदर्शनमा

    काठमाडौं । आजबाट चलचित्र ‘वर एन्ड वधु’ प्रदर्शनमा आएको छ । 

    images

    फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको ‘वर एन्ड वधु’ले एकल प्रदर्शन अवसर पाएको हो । 

    चलचित्रले प्रदर्शन पूर्व पोखरा र काठमाडौँमा प्रिमिएर समेत गरेको थियो । प्रिमिएर राम्रो प्रतिक्रिया पाएको चलचित्रको  अग्रिम टिकट बुकिङ भने उत्साहजनक देखिएको छैन । 

    images

    मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा आँचल शर्मा, विवेक कर्माचार्य, विजय लामा, किरण केसी, अंशु महर्जन, कुसुम शर्मा, गरिमा शर्मा, विजु पार्की, सरिता लामिछाने, सृष्टि खड्का, हिउँवाला गौतम, रवीन्द्र खड्का, हिमेश पन्त लगायतको अभिनय छ । 

    जानुका थापा निर्माता र डा. अमित रिजाल कार्यकारी निर्माता रहेको चलचित्रमा सुदिप बरालको डीओपी, प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद छ ।

  • सम्बन्धित विषय:

  • # ‘वर एन्ड वधु
  • # आँचल शर्मा