काठमाडौं । यही शुक्रबार बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘रावायण’को आइटम गीत सार्वजनिक गरिएको छ ।
भोजपुरी भाषामा तयार पारिएको ‘करेजा निकरी’ बोलको गीतमा भारतीय गायिका सोनु कक्कर र समीर चौरासियाको स्वर छ भने प्रदीप श्रीवास्तवको शब्द र रेवन आरती सिंहको संगीत छ । गीतमा पल शाह, प्रकाश शाह, कैलाश रावल र निकिता चण्डक नृत्य गर्दै प्रस्तुत छन् ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको चलचित्र ‘रावायण’मा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी, सुहान श्रेष्ठ लगाततको अभिनय छ । चलचित्रमा पूजाको निर्माण छ ।
चलचित्रमा सौरभ लामाको छायांकन, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।


