बुधबार, भाद्र २४ गते २०८३
images

चलचित्र ‘ज्वाइँ साब’को गीत सार्वजनिक

एक्सप्रेस पाना
भाद्र २६, २०८१ बुधबार
  • 312
    SHARES
  • चलचित्र ‘ज्वाइँ साब’को गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’को गीत सार्वजनिक भएको छ । 

    images

    बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै ‘कसम बत्तिको’ बोलको गीत सार्वजनिक गरिएको हो । 

    गीतमा यादव लम्सालको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत छ । निशान भट्टराई र समीक्षा अधिकारीको स्वर छ । 

    images

    भिडियोमा चलचित्रका मुख्य कलाकारहरू जितु नेपाल, नीति शाह, रमेश बुढाथोकी, बुद्धि तामाङ, हिमेश पन्तलगायत कलाकार छन् । 

    विवाहको सेटपमा खिचिएको भिडियोमा कमेडी समेत देख्न सकिन्छ । चलचित्र असोज २४ गते रिलिज हुनेछ । 

  • सम्बन्धित विषय:

  • # ‘ज्वाइँ साब’