आइतबार, कार्तिक १६ गते २०८३
images
images

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

एक्सप्रेस पाना
भाद्र २८, २०८१ शुक्रबार
  • 258
    SHARES
  • दिल्लीका मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

    काठमाडौं । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई जमानत दिएको छ । 

    images

    भारतिय सञ्चार माध्यमका अनुसार केजरीवाललाई  शुक्रबार १३ सेप्टेम्बरमा सर्वोच्च अदालतले  जमानत दिएको हो । अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    न्यायाधीश सूर्यकान्त र उज्ज्वल भुयनको इजलासले उक्त मुद्दाको सुनुवाइ गरेको थियो र सेप्टेम्बर ५ मा फैसला सुरक्षित राखिएको थियो । केजरीवालले सर्वोच्च अदालतमा दुई वटा याचिका दायर गरेका थिए । यसमा एउटा निवेदन जमानत नदिनेविरुद्ध थियो । यस मामिलामा सीबीआईको गिरफ्तारीविरुद्ध दोस्रो याचिका दायर गरिएको थियो । 

    images

    सीबीआईले केजरीवाललाई ईडीको हिरासतमा रहेको बेला पक्राउ गरेको थियो । केजरीवाललाई ईडी टोलीले मार्च २०२४ मा पक्राउ गरेको थियो । जुलाई १२ मा केजरीवालले ईडी मुद्दामा सर्वोच्च अदालतबाट जमानत पाएका थिए । तर, जमानत पाएलगत्तै सीबीआईले केजरीवाललाई पक्राउ गरेको थियो ।