आइतबार, कार्तिक १६ गते २०८३
images
images

अभिनेत्री नन्दिता केसी आमा बन्दै

एक्सप्रेस पाना
भाद्र ३०, २०८१ आइतबार
  • 445
    SHARES
  • अभिनेत्री नन्दिता केसी आमा बन्दै

    काठमाडौं । अभिनेत्री नन्दिता केसी आमा बन्ने भएकी छिन्। गत वर्ष फागुनमा बिहे गरेकी उनले पहिलो सन्तानलाई जन्म दिन लागेकी हुन्। 

    images

    नन्दिताले सामाजिक सञ्जालमा श्रीमानसँगको तस्विरहरु सेयर गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्। 

    तस्विरमा नन्दिताले लेखिएको टिसर्टमा ‘सून टू वी ममी’ लेखिएको छ। 

    images

    उनले सन्तानलाई गर्भमा हुर्काउँदै गर्दा आफूलाई एकदमै भाग्यमानी महसुस गरिरहेको बताएकी छन् ।

    नन्दिताले गत फागुन १९ गते अमेरिकामा बस्दै आएका अरविन्द्रसँग बिहे गरेकी थिइन्। नन्दिताले हामी तीन भाइ, सपना, माया नगर लगायतका चलचित्रमा अभिनय गरेकी छन् । 
     

  • सम्बन्धित विषय:

  • # नन्दिता केसी