बुधबार, भाद्र २४ गते २०८३
images

संविधान दिवसको अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’हुने

एक्सप्रेस पाना
भाद्र ३१, २०८१ सोमबार
  • 459
    SHARES
  • संविधान दिवसको अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’हुने

    काठमाडौं । असोज ३ गते अर्थात संविधान दिवसको अवसरमा दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ हुने भएको छ। 

    images

    वृहत नागरिक आयोजक समितिले आयोजना गर्न लागेको कन्सर्टमा कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बु, आनन्द कार्की, स्वप्न सुमन लगायतका गायकगायिकाहरुले गीत गाउनेछन्। त्यसैगरि, चर्चित ब्यान्डहरु कुटुम्ब र एलिमेन्ट्सको समेत प्रस्तुति रहनेछ। 

    कन्सर्टले लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकले जनाएको छ। 

    images

    राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्द्धन गर्न, युवापुस्तामा एकताको भावना जोगाउन र नागरिक संलग्नता बढाउन सहयोग पु¥याउने विश्वास छ।

    देशको सांस्कृतिक सम्पदा, उपलब्धि र राष्ट्रको प्रतिभालाई उजागर गर्ने विश्वास लिइएको छ।

  • सम्बन्धित विषय:

  • # संविधान दिवस