आइतबार, कार्तिक १६ गते २०८३
images
images

चलचित्र ’१२ गाउँ’ को रोमान्टिक गीत सार्वजनिक

एक्सप्रेस पाना
आश्विन ७, २०८१ सोमबार
  • 302
    SHARES
  • चलचित्र ’१२ गाउँ’ को रोमान्टिक गीत सार्वजनिक

    काठमाडौं । अभिनेता विराज भट्टको निर्देशन रहेको एक्सन–थ्रिलर चलचित्र ’१२ गाउँ’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। 

    images

    सोमबार सार्वजनिक ’कसो कसो’ बोलको गीत चलचित्रका मुख्य कलाकार समीर भट्ट र सोनु चन्द्रपाललाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। 

    गीतमा सुगम पोखरेल र सदीक्षा कट्टेलले स्वर दिएका छन्।

    images

    दसैंको फूलपातीमा रिलिज हुने तयारीमा रहेको चलचित्रमा विराज भट्ट, समीर भट्ट, सोनु चन्द्रपाल, दीया मास्के, मुरलीधर, सनिशा भट्टराई, नरेन खड्का, न्यान्सी खड्का, स्टन्ट शिल्भा, सन्तोष सरकार, कनिज कोइराला, शुलेमान शंकर (इकु), कृष्ण भट्ट लगायत कलाकारहरूको अभिनय छ।

    यो चलचित्रबाट विराजका छोरा समीरले डेब्यु गर्दैछन् भने दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि यो चलचित्रबाट डेब्यु गरेका छन्। 

    सन्तोष सरकारको लेखन रहेको चलचित्रमा महेश पौडेल र राजु लामाको डिओपी, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, सुनील क्षेत्री र रामजी लामिछानेको कोरियोग्राफी, भूपेन्द्र अधिकारी र प्रवीन केएलको सम्पादन छ। चलचित्रलाई काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछन्।

  • सम्बन्धित विषय:

  • # विराज भट्टको ‘१२ गाउँ
  • # १२ गाउँ