बुधबार, भाद्र २४ गते २०८३
images

राष्ट्रपति चुनावमा यो पटक हारे भने फेरि चुनावमा उठ्ने छैन् : डोनाल्ड ट्रम्प

एक्सप्रेस पाना
आश्विन ८, २०८१ मंगलबार
  • 281
    SHARES
  • राष्ट्रपति चुनावमा यो पटक हारे भने फेरि चुनावमा उठ्ने छैन् : डोनाल्ड ट्रम्प

    काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले यसपटकको राष्ट्रपति चुनाव हारे भने आफूले फेरि चुनाव नउठने बताएका छन् ।

    images

    सिन्क्लेयर मिडिया समूहसँगको अन्तर्वार्तामा ट्रम्पलाई यस पटक कमला ह्यारिससँग हारे भने २०२८ मा फेरि चुनाव लड्ने हो ? भनेर सोधिएको थियो । यसको जवाफ दिँदै ट्रम्पले भने, ’मलाई लाग्दैन कि यस्तो हुन्छ। म फेरि चुनाव लड्ने छैन् तर, मलाई आशा छ, हामी यसपटक सफल हुनेछौं ।’ 

    ट्रम्प पछिल्ला ३ चुनावमा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।

    images

    अमेरिकी कानुन अनुसार दुई पटक राष्ट्रपति बनेपछि कुनै पनि व्यक्ति चुनाव लड्न पाउँदैन । यस्तो अवस्थामा ट्रम्पले जितेमा उनको दोस्रो कार्यकाल हुनेछ र उनी अमेरिकामा अर्को चुनाव लड्न सक्ने छैनन् । 

    कमला ह्यारिस अमेरिकी राष्ट्रपति चुनावमा पहिलो अश्वेत महिला उम्मेदवार हुन् । कमला राष्ट्रपति भएमा अमेरिकाको इतिहासमा यो पद सम्हाल्ने पहिलो महिला हुनेछिन् । ५९ वर्षीया कमला ह्यारिस रिपब्लिकन वा डेमोक्रेटिक पार्टीबाट मनोनीत हुने अमेरिकाकी दोस्रो महिला हुन् ।

  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प