काठमाडौं । श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेले संसद् विघटन गरेका छन्।
अब श्रीलंकामा आगामी नोभेम्बर १४ मा संसदीय निर्वाचन गर्ने घोषणा गरिएको छ।
२२५ सिटमध्ये दिसानायकेको पार्टी नेसनल पिपुल्स पावर गठबन्धनले तीन सिट मात्रै पाएको छ।
यसअघि मंगलबार मात्र दिसानायकेले हरिणी अमरसूर्यालाई देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
स्थानिय सञ्चारमाध्यमका अनुसार दिसानायकेले यसअघि जनताको इच्छाविपरीत बनेको संसद्लाई निरन्तरता दिनुको कुनै अर्थ नभएको बताएका थिए।
.jpg)


