आइतबार, कार्तिक १६ गते २०८३
images
images

तीन दिनसम्म राष्ट्रिय झन्डा झुकाउने मन्त्रिपरिषद्को निर्णय

एक्सप्रेस पाना
आश्विन १५, २०८१ मंगलबार
  • 311
    SHARES
  • तीन दिनसम्म राष्ट्रिय झन्डा झुकाउने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं । सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । 

    images

    बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए ।

    त्यस्तै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि भएको प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।

    images

    त्यस्तै बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महंगी तथा कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय गरेको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रिय झन्डा
  • # मन्त्रिपरिषद्