काठमाडौं । दशैंको फुलपातीको दिन सार्वजनिक हुने तयारीमा रहेको चलचित्र छक्कापञ्जा–५ को ट्रेलर सार्वजनिक भएको छ ।
शनिबार साँझ सार्वजनिक भएको ट्रेलरमा इमान्दार सरकारी कर्मचारीले विवाहका लागि गरेको संघषलाई देखाइएको छ ।
चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय रहेको छ ।
दिपकराज गिरी र दिपाश्री निरौलाको टिमले निर्माण गरेको छक्कापञ्जा आफैंमा बलियो ब्राण्ड भएको चलचित्र हो । सदैव एकल रुपमा चलचित्र प्रदर्शन भएपनि यसपटक दीपक दीपले चलचित्र ज्वाईंसाब र विराज भट्टको निर्देशनमा बनेको चलचित्र १२ गाउँ फुलपातीकै दिन प्रदर्शनमा आउँदैछन् ।


