आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ:परराष्ट्रमन्त्री राणा

एक्सप्रेस पाना
कार्तिक १, २०८१ बिहीबार
  • 362
    SHARES
  • नेपालले मौसमी सङ्कटको सामना गरिरहेको छ:परराष्ट्रमन्त्री राणा

    काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले जलवायु परिर्वतनको प्रभावका कारण चरम मौसमी सङ्कटको सामना गर्नुपरेको बताएकी छन् । 

    images

    बिहिबार नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित ‘विश्वव्यापी जलवायु कार्यका लागि सगरमाथाको आह्वान’ विषयक अन्तरक्रियामा उनले यसबाट जनधनको क्षतिका साथै सडक, पुल, जलविद्युत् परियोजना र अन्य सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिसमेत ब्यहोर्नु परेको बताएकी हुन् । 

    परराष्ट्रमन्त्री डा देउवाले भनिन्, “कम विकसित र पर्वतीय राष्ट्रहरू जस्तै नेपालले जलवायु परिवर्तनको गम्भीर र असमान प्रभावहरूको सामना गरिरहेको छ तर विश्वव्यापी जलवायु एजेन्डा र जलवायु प्रक्रियाहरूले विकासोन्मुख र पर्वतीय राष्ट्रहरूको दुर्दशा पर्याप्त रूपमा प्रतिबिम्बित गर्न सकेका छैनन् ।”

    images

    उनले जलवायुसम्बन्धी सम्मेलन (कोप २८) मा सञ्चालनमा आएको हानि र नोक्सानी कोषसहित सबै जलवायु कोष र सुविधाहरूलाई पर्याप्त रूपमा पुँजीकृत गर्नुपर्ने र विकासोन्मुख राष्ट्रहरूले सजिलै पहुँच प्राप्त गर्नसक्ने बनाउनुपर्ने बताइन् । 

     

  • सम्बन्धित विषय:

  • # आरजु राणा देउवा