बुधबार, भाद्र २४ गते २०८३
images

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक,७० प्रतिशत विद्यार्थी उत्तीर्ण

एक्सप्रेस पाना
कार्तिक ४, २०८१ आइतबार
  • 400
    SHARES
  • कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक,७० प्रतिशत विद्यार्थी उत्तीर्ण

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    images

    आइतबार बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ७० दशमलव ६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । 

    बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेड वृद्धि (पूरक परीक्षा) मा एक लाख २२ हजार एक सय ७१ विद्यार्थी सहभागी भएका थिए । परीक्षामा सहभागी परीक्षार्थीमध्ये ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन् । 

    images

    परीक्षामा दुई जनाको नतिजा रद्द गर्नुका साथै तीन जनाको परीक्षा स्थगित भएको थियो । सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहनेले १५ दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पूरक परीक्षा