सोमबार, कार्तिक १७ गते २०८३
images
images

बाढी आउँछ भन्ने पूर्वसूचनापछि पनि लापरवाही गर्दा बढी क्षति व्यहोर्नुपर्‍यो :चिरिबाबु महर्जन

एक्सप्रेस पाना
कार्तिक ५, २०८१ सोमबार
  • 240
    SHARES
  • बाढी आउँछ भन्ने पूर्वसूचनापछि पनि लापरवाही गर्दा बढी क्षति व्यहोर्नुपर्‍यो :चिरिबाबु महर्जन

    काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बाढी आउँछ भन्ने पूर्वसूचनापछि पनि लापरवाही गर्दा बढी क्षति व्यहोर्नुपरेको बताएका छन् ।

    images

    सोमवार ललितपुरमा आयोजित फोहोरमैला सरसफाई व्यवस्थापन सम्बन्धी बैठकमा बोल्दै उनले मेट्रोलोजिकल डिपार्टमेण्टले बाढी आउँदैछ भन्ने पूर्वसूचना दिएपछि पनि त्यसलाई सजगतापूर्वक नलिइएकाले बढी क्षति भएका बताएका हुन् ।

    उनले भूकम्प आउँछ भनेर सावधानी अपनाउने तर वर्षैपिच्छे आउने बाढीमा सावधानी नअपनाउँदा बढी क्षति व्यहोर्नुपरेको उनको भनाई छ । 

    images

    उनले भने, "थोर बहुत नेपालको मेट्रोलोजिकल डिपार्टमेण्टले आउँदैछ है भनेर हामीलाई सावधान गरेको थियो । तर हामी कोही पनि सिरियस भएनौँ । पहिला पनि भनेको थियो, भन्दै गर्छ नि, भन्ने किसिमको भयो । तर साँच्चै नै आउँदा महाभारत भयो । त्यसले धेरै वितण्डा मच्चायो । हामी ललितपुर महानगरपालिका हामीले क्लेम गर्दै आइरहेका छौँ की विपद्मा ललितपुर महानगरपालिका यो मुलुकको ७५३ वटा पालिकामध्ये हामी अब्बल छौँ भनेर । तर त्यो दिन हामीले मार्जिनली सेवा प्रवाह ग¥यौँ । तर जति गर्नुपर्ने थियो त्यति गर्न सकेनौँ । त्यसबाट हामीले पाठ सिक्यौँ । भूकम्प आयो भने सबैले धेरै ध्यान दिने, बाढीलाई ध्यान नदिने ? जुन कुरा वर्षैपिच्छे आइरहन्छ ।"

     

  • सम्बन्धित विषय:

  • # चिरिबाबु महर्जन