काठमाडौं । नयाँ चलचित्र ‘रंगी’को छायांकन सुरु गरिएको छ ।
मंगलबार काठमाडौंको नक्सालमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै चलचित्रको छायांकन थालिएको हो ।
३० दिनको छायांकन अवधि रहेको चलचित्रको सम्पूर्ण छायांकन काठमाडौं उपत्यकाभित्र हुनेछ । अभिनेता सलोन बस्नेत सलोन स्वयं प्रस्तुतकर्ता रहेको चलचित्रका निर्देशक सुरेश न्यौपाने हुन् ।
चलचित्रमा सलोनसहित पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको पनि अभिनय रहनेछ । नम्रताले यही चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यु गर्न लागेकी हुन् । बाबु–छोरीको कथामा बन्न लागेको चलचित्रको निर्मातामा सक्षम सुवेदी छन् ।


