काठमाडौं । अमेरिकामा जारी राष्ट्रपति चुनावको मतगणना आउनेक्रम जारी छ ।
जारी मतगणनामा एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलतासँगै ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको जित निश्चित भएको छ । जित निश्चित भएसंगै ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्ने तयारी गरेको बताइएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार फ्लोरिडास्थित चुनावी अभियानको कार्यालयमा उनका समर्थकहरू ठुलो सङ्ख्यामा भेला भएका छन् ।
१९ इलेक्ट्रोरल भोट भएको पेन्सलभेनियाको नतिजा टम्पले पाएका छन् । पेन्सलभेनिया जितेसँगै ट्रम्पको इलेक्ट्रोरल भोट २६६ भएको छ । जबकि राष्ट्रपतिमा निर्वाचित हुन २७० चाहिन्छ ।
.jpg)


