काठमाडौं । कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ को वडा अध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन निर्वाचित भएका छन् ।
कांग्रेस उमेदवार महर्जन ५६२ मतसहित वडा अध्यक्षममा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका हर्ष महर्जनले ४९८ मत प्राप्त गरे भने माओवादीका सरल गोपाल महर्जनले १७३ मत ल्याएका छन् ।
०७९ को निर्वाचनमा यो वडा कांग्रेसले नै जितेको थियो ।
.jpg)


