काठमाडौं । काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन्
मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई शपथ ग्रहण गराइएको हो ।
रोजिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी हुन् ।
काठमाडौं–१६ बाट निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।


